गणेशमान सिंहको योगदानबारेको पुस्तक विमोचन
काठमाडौँ, ९ कात्तिक : त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा बद्रीनारायण गौतमद्धारा लिखित ‘गणेशमान सिंह र नेपालको प्रजातान्त्रिक आन्दोलन’ पुस्तक नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले विमोचन गर्नुभयो ।
गणेशमान सिंह फाउण्डेशनको सहयोगमा लौहपुरुष एवं विसं २०४६ का जनआन्दोलनका कमाण्डर सिंहले प्रजातान्त्रिक आन्दोलनमा पु¥याएको योगदानलाई समेटेर सो पुस्तक तयार पारिएको हो ।
कार्यक्रममा नेता सिंहले गणेशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पु¥याएको योगदानलाई नयाँ पुस्तामा चिनाउनका लागि पुस्तकले ठूलो सहयोग पुग्नेछ भन्नुभयो ।
पुस्तकका लेखक डा गौतमले सिंह नेपालको प्रजातान्त्रिक आन्दोलनको पिता भएको बताउनुभयो । डा गौतमले पाँच भागमा सिंहले प्रजातान्त्रिक आन्दोलनमा पु¥याएको योगदानबारे पुस्तक लेख्न लागेको र आज विमोचित पुस्तक पहिलो भाग भएको उल्लेख गर्नुभयो ।
दुई दशक लगाएर तयार पारिएको पुस्तकमा सिंहले प्रजातन्त्र प्राप्तिका लागि विसं १९७२ देखि २००७ सम्म पु¥याएको योगदान समावेश गरिएको छ । सिंहले नेपालको प्रजातन्त्र प्राप्तिका लागि गरेको योगदानलाई जनतामाझ चिनाउन फाउण्डेशनले विभिन्न किसिमका काम गर्दै आइरहेको फाउण्डेशनका महासचिव घनेन्द्रपुरुष ढकालले जानकारी दिनुभयो ।
