सशस्त्र प्रहरी बलद्वारा वडादशैंको अवसरमा काठमाडौं तथा पोखरामा बस तथा एम्बुलेन्स निःशुल्क संचालन

काठमाडौं, ३० असोज । सशस्त्र प्रहरी बल नेपालले बडादशैंको पुनित अवसरमा काठमाडौं उपत्यकामा सशस्त्र प्रहरी बलको ४ वटा निःशुल्क बस सेवा संचालन गरेको छ ।
काठमाडौं उपत्यकाभित्र सशस्त्र प्रहरी बल नेपालको निःशुल्क बस सेवाको एउटा रुट कलंकीबाट छुटेर कालिमाटी, त्रिपुरेश्वर, माईतिघर, बानेश्वर, कोटेश्वर, ठिमी हुँदै सुर्यविनायक पुगी पुनः सोही रुटबाट कलंकीसम्म फिर्ता हुनेछ ।
यसैगरी अर्को रुटमा लगनखेल, जावलाखेल, पुल्चोक, त्रिपुरेश्वर, जमल, लैनचौर, नारायणगोपालचोक, बाँसबारीहुँदै बुढानिलकण्ठसम्म पुग्नेछ भने सोही रुट हुँदै लगनखेलसम्म पुग्नेछ ।
यसैगरी सशस्त्र प्रहरी बलको अर्को बस स्वयम्भु हल्चोकबाट छुटेर कलंकीहुँदै बल्खु, सातदोबाटो, कोटेश्वर, गौशाला, चावहिल, सामाखुशी, बालाजुहुँदै चक्रपथ परिक्रमा गर्नेछ भने अर्को बस स्वयम्भु हल्चोकबाट छुटेर बालाजुहुँदै सामाखुशी, चावहिल, गौशाला, कोटेश्वर, सातदोबाटो, बल्खु, कलंकी भएर चक्रपथ परिक्रमा गर्नेछ ।
दशैँको अवधिभर हुनसक्ने कुनै पनि जोखिमका लागि तालीम शिक्षालयले एम्बुलेन्सको निःशुल्क सेवासमेत प्रदान गर्ने योजना रहेको बताउँदै उहाँले एम्बुलेन्स आवश्यकताका लागि तालीम शिक्षालयको हटलाइन नं ९८५१२७२०६० र ९८५१२७२०१८ मा फोन गर्न सकिने बताउनुभयो ।
यसैगरी पोखरामा रहेको सशस्त्र प्रहरी बलको एउटा बस दशैंको विदा अवधिभर यात्रुहरुको सहजतालाई ध्यानमा राखेर संचालन गरिएको हो । आजैदेखि निःशुल्क रुपमा संचालन भएको छ ।
सशस्त्र प्रहरी बल नेपालले पोखरामा आजैबाट बडादशैंको विदा अवधिभर विरामीलाई सेवा दिन एउटा एम्बुलेन्स समेत निःशुल्क संचालन गरेको छ ।
बडादशैंको बेला सार्वजनिक यातायातका साधनहरु न्यून रुपमा चल्ने भएकोले सर्वसाधारणको आवतजावतमा सुविधा पु¥याउने उद्देश्यले सशस्त्र प्रहरी बल नेपालद्वारा निःशुल्क बस संचालन गरिएको हो ।
उक्त बस सेवा पोखरामा अम्मरसिंह चोकबाट छुटेर पृथ्वीचोक, विरौटा, डेविडफल्स, छोरेपाटन, लेकसाईड, हल्लनचोक, सृजनाचोक, न्यूरोड, चिप्लेढुंगा, महेन्द्रपूलबाट बगरहुँदै फेरी महेन्द्रपूल पुगेर गण्डकी अञ्चल अस्पताल हुँदै अम्मरसिंह चोकमै पुग्नेछ ।
यसैगरी सशस्त्र प्रहरी बलले विरामीलाई सेवा प्रदान गर्न स्ट्याण्डवाई राखेको उक्त एम्बुलेन्सले यीनै ठाउँहरुबाट विरामीलाई पोखरास्थित अस्पताल पु¥याउन सेवा प्रदान गर्नेछ ।
सशस्त्र प्रहरी बल नेपालले पोखरामा बिहान ८ बजेदेखि बेलुका ६ बजे सम्म बस सेवा संचालन गर्नेछ ।
सशस्त्र प्रहरी बल नेपालले काठमाडौं उपत्यकाभित्र संचालन गर्ने सो निःशुल्क बस बडादशैंको विदा अवधिभर बिहान ८ बजेदेखि बेलुका ६ बजे सम्म संचालन हुनेछ ।
बडादशैंको अवसरमा यात्रुहरुलाई सहजता होस भन्ने अभिप्रायले सशस्त्र प्रहरी बल नेपालसँग रहेका ती बसहरु संचालनमा ल्याईएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।
