सवारीसाधनको भाडादर १० देखि १५ प्रतिशत वृद्धि (नयाँ भाडादरको सूचीसहित)

काठमाडौँ, २० र्चैत : सरकारले आइतबारदेखि लागु हुनेगरि सार्वजनिक तथा मालबाहक सवारीसाधनको भाडादर बृद्धि गरेको छ ।

यातायात व्यवस्था विभागद्वारा आइतबार सार्वजनिक गरेको भाडादरको सूची अनुसार एक प्रदेशबाट अर्कोमा सञ्चालन हुने सार्वजनिक यात्रुबाहक सवारीसाधनको भाडादर १० प्रतिशतले वृद्धि भएको छ भने पहाडी बाटोमा चल्ने मालबाहक सवारीसाधनको भाडादर १३ र तराईमा सञ्चालन हुने मालबाहक सवारीको भाडादर १५ प्रतिशतले बृद्धि भएको छ ।

दुई वा सोभन्दा बढी प्रदेश भई (राष्ट्रियस्तरका रुटमा) सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर अनुसार समायोजन गरिएको छ।

पछिल्लो पटक भाडा समायोजन गर्दा आधार मानिएको मूल्यको तुलनामा इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले बढेमा वा घटेमा विभागले अभ्यास गर्दै आएको वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार स्वचालितरुपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढ्ने वा घट्ने व्यवस्था लागू गरिएको यातायात व्यवस्था विभागले जारी गरेको सूचनामा भनिएको छ।

यस्तो छ नयाँ भाडादरको सूची :

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.