जसपाको संसदीय दलको नेतामा उपेन्द्र यादव चयन
काठमाडौं, १६ साउन : जनता समाजवादी पार्टी (जसपा) नेपाल संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन् ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शनिबार बसेको बैठकले संसदीय दलको नेता चयन गरेको हो ।
पार्टीको संघीय परिषद्का अध्यक्षसमेत रहेका डा. बाबुराम भट्टराईले यादवलाई दलको नेतामा प्रस्ताव गरेका थिए भने नेता महेन्द्र राय यादवले समर्थन गरेका थिए । बैठकमा २१ सांसदको उपस्थिति रहेको जनाइएको छ ।
यादव पक्षले पार्टीको आधिकारीका पाएपछि यादव दलका नेता बनेका हुन । यस अघि महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेता बनाएको थियो ।
