सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक, माधव नेपाल पनि सहभागी

काठमाडौं, ९ साउन : प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक सुरु भएको छ ।

बैठकमा मन्त्रिपरिषद् विस्तार तयारी, बैठकमा सत्ता गठबन्धन दीगो बनाउने, समसामयिक राजनीतिबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी छन् ।

सरकार गठन र प्रधानमन्त्रीले विश्वासको मत लिएको एक हप्ता बित्दा पनि मन्त्रिपरिषद विस्तार हुन सकेको छैन । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शनिबार बिहान प्रधानमन्त्री देउवा र नेकपा एमालेका नेता नेपालसँग भेट गरेका थिए ।

देउवा प्रधानमन्त्री भएपछि माधव नेपाल पहिलोपटक आज गठबन्धन बैठकमा सहभागी भएका हुन् ।

यसअघि भएका गठबन्धनको बैठकमा नेपाल उपस्थित थिएनन् । उनले प्रतिनिधिको रूपमा विजय पौडेललाई पठाएका थिए ।

सर्वोच्च अदालतले फैसला गरेपछि आफू गठबन्धनमा नरहने उनले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.