नेकपाका संस्थापक कर्माचार्यको स्मृति दिवस मनाइँदै

काठमाडौं, ९ साउन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संस्थापक नेता नरबहादुर कर्माचार्यको आठौं स्मृति दिवस कम्युनिष्ट पार्टीहरुले विशेष कार्यक्रम गरी मनाउँदैछन् ।

नेकपा माओवादी केन्द्रले पार्टी कार्यालय पेरिसडाँडामा शनिबार बिहान श्रद्धाञ्जली कार्यक्रम गरेको छ । कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत नेताहरुहरुले कर्मचार्यप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

२००६ सालमा नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्ने नेताहरुमा कर्माचार्य एक थिए । कम्युनिष्ट पार्टी गठनपछि उनी मजदुर संगठनका पनि संस्थापक अध्यक्ष भए । कम्युनिष्ट आन्दोलनमा निरन्तर लागि परेका उनी जीवनको अन्तिम क्षणसम्म पनि सक्रिय रही तत्कालीन एकीकृत नेकपा माओवादीको संरक्षक रहेका थिए ।

नरबहादुरको जन्म विक्रम सम्बत १९८१ कात्तिक १४ गते ललितपुरमा भएको थियो । उनको ८९ वर्षको उमेरमा २०७० साउन ९ गते निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.