उपत्यकामा ५४१ सहित थप २९३६ जनामा कोरोना संक्रमण, १७७५ संक्रमणमुक्त

काठमाडौं, १ साउन :  पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ९३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१४ हजार १८२ नमुना परीक्षण गर्दा पीसीआरबाट २ हजार ६ र एन्टिजेन परीक्षणमा ९३० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

उपत्यकाभित्र काठमाडौंमा ३४३ जना, ललितपुरमा १३६ जना र भक्तपुरमा ६२ जना संक्रमित थपिएका हुन् । यो सँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ७ हजार ६१९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १ हजार ७७५ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ६ लाख २८ हजार ४३ पुगेको छ । हालसम्म नेपालमा पुष्टी भएका संक्रमितमध्ये ९४.६ प्रतिशत निको भइसकेका छन् ।

मन्त्रालयका अनुसार देशभर रहेका सक्रिय संक्रमितमध्ये २४ हजार २७४ जना होम आइलेसनमा रहेका छन् । यस्तै २ हजार ५५३ जना संस्थागत आइसोलेसनमा छन् । जसमध्ये ५७८ जनाको आईसीयू र १७४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

पछिल्लो २४ घण्टामा  ४३ जनाको मृत्यु भएको छ ।

यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ९५०६ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.