काठमाडौंमा आजदेखि भेरोसेलको दोस्रो मात्रा खोप लगाइँदै

काठमाडौं, २२ असार : काठमाडौंमा आजदेखि कोराना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा खोप लगाइने भएको छ ।

पहिलो खोप लगाएकाहरुलाई खोप लगाइने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । कार्यालयले काठमाडौं जिल्लाका ३२ वटा खोप केन्द्रको सूची समेत सार्वजनिक गरेको छ ।

भेरोसेलको दोस्रो मात्रा लगाउन आफूलाई पायक पर्ने स्थानमा बिहान १० देखि अपरान्ह ४ बजेसम्म जानुपर्नेछ । पहिलो मात्राको खोप लगाएको कार्ड साथैमा लिएर आउन महानगरले आग्रह गरेको छ ।

सरकारले गत जेठ २५ देखि २९ सम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई भेरोसेलको पहिलो मात्रा खोप लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.