भोलिको केन्द्रीय कमिटी बैठकमा नजाने खनाल–नेपाल समूहको निर्णय

काठमाडौं, १७ असार :  नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समूहले शुक्रबारको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने निर्णय गरेको छ । बिहीबार बुद्धनगरमा बसेको नेपाल पक्षीय स्थायी कमिटी बैठकले केन्द्रीय समिति बैठकमा सहभागी नहुने निर्णय गरेको हो ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले पार्टीलाई ०७५ जेठ २ मा फर्काएको भनेपनि हिजोको निर्णयलाई स्वीकारेर अघि बढ्न नसक्ने निष्कर्ष बैठकले निकालेको एक नेताले जानकारी दिए ।

नेपाल पक्षले जेठ २ भने पनि पूर्व माओवादी र नेकपा एकतासँगै थपिएका सदस्यहरुको बैठक बोलाइएको र अन्य राजनीतिक विषयमा पनि सहमति नभएको भन्दै बैठकमा नजाने निर्णय गरेको जनाएकाे छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले १० औं महाधिवेशन आयोजक कमिटी भंग भरी केन्द्रीय समिति ब्यूँताएका थिए । जसमा पूर्व माओवादीका २० जनालाई केन्द्रीय सदस्य बनाइएको छ । त्यसमा नेपाल पक्षको आपत्ति रहेको छ ।

२०७५ जेठ २ गते अघिको संगठनात्मक संरचनामा पार्टीलाई लैजानुको साटो महाधिवशेन आयोजक कमिटीलाई केन्द्रीय कमिटी मात्रै बनाइएको उनीहरुको भनाई छ ।

नेता नेपाल समूहको बटमलाइन अनुसार ओलीले हिजो बसेको बैठकले दशौँ महाधिवेशन आयोजक कमिटीलाई भंग गरेर भोलि केन्द्रीय कमिटीको बैठक राखेका थिए । बैठकमा उपस्थित हुन नेपाल समूहका सबै नेताहरूलाई पत्र पुगिसकेको छ ।

पार्टी एकताको पहल गर्दै दोस्रो तहका नेताहरू एकताको विन्दु पहिल्याउन लागि परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.