युरोकप : अन्तिम १६ मा कुन कुन टिम भिड्दै ?
काठमाडौं, १० असार : समूह चरणका खेलहरु समाप्त भएपछि युरोकप २०२० को नकआउट समीकरण पूरा भएको छ । बुधबार राति भएको समूह ‘इ; र ;एफ’को खेलपछि नकआउट पुग्ने १६ टोलीकै टुङ्गो लागेको हो ।
नकआउट चरणमा १६ टिमले स्थान बनाएका छन् । ६ समूहको शीर्ष दुई र समूहको तेस्रो स्थानमा प्राप्त गर्ने मध्येको उत्कृष्ट चार टिमले अन्तिम १६ को यात्रा तय गरेका हुन् । यस्तै तेस्रो हुने मध्येबाट स्विट्जरल्याण्ड, चेक रिपब्लिक, युक्रेन र पोर्चुगल पनि अन्तिम १६ मा प्रवेश गरेका छन् ।
यस पटक साविक विजेता पोर्चुगल, उपविजेता फ्रान्स, इटाली, जर्मनी, वेल्स, डेनमार्क,अष्ट्रिया, नेदरल्यान्ड्स, चेक रिपब्लिक, बेल्जियम, क्रोएसिया, स्पेन, स्विट्जरल्यान्ड, इंग्ल्यान्ड, युक्रेन र स्विडेनले नकआउट चरणमा स्थान बनाएका छन् ।
नकआउट चरणको खेलहरु शनिबारबाट सुरु हुनेछ ।
उपाधि दाबेदार टिमहरु पोर्चुगल, बेल्जियमसँगै इटली, फ्रान्स र स्पेन एउटा पुलमा छन् । यी टिमहरु मध्ये एक टिम मात्र फाइनलमा पुग्नेछन् । यस्तै जर्मनी, इंग्ल्याण्ड, नेदरल्याण्ड्स अर्को पुलमा छन्।
अब प्रिक्वाटरफाइनलका खेलहरु दुई दिनपछि अर्थात शनिबारदेखि सुरु हुनेछन् ।
अन्तिम १६ मा को को भिड्नेछन् ?
वेल्स भर्सेल डेनमार्क – असार १२ गते
इटली भर्सेस अष्ट्रिया – असार १२ गते
नेदरल्याण्ड्स भर्सेस चेक रिपब्लिक – असार १३ गते
बेल्जियम भर्सेस पोर्चुगल असार – १३ गते
क्रोएसिया भर्सेस स्पेन – असार १४ गते
फ्रान्स भर्सेस स्विट्जरल्याण्ड – असार १४ गते
इंग्ल्याण्ड भर्सेस जर्मनी – असार १५ गते
स्वीडेन भर्सेस युक्रेन – असार १५ गते
