जीवन राईको नेतृत्वमा नेकपा एकीकृत दर्ता, चुनाव चिह्न कलम

काठमाडौं, ९ असार : निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) दर्ता भएको छ ।

नेकपा एमालेका नेता माधव नेपाल समूहका युवा नेता जीवन राईको नेतृत्वमा नेकपा (एकीकृत) दर्ता भएको छ ।  ३० जेठमा बसेको आयोगको निर्णयअनुसार पार्टी दर्ता भएको हो ।

दल दर्ताको प्रमाणपत्र अध्यक्ष जीवन राईले बुधबार बुझेका छन् । यो पार्टीले कलम चुनाव चिन्ह लिएको छ ।

उनले वैशाखमा दल दर्ताको निवेदन दिएका थिए ।

अध्यक्ष राईले भने अलग राजनीतिक अस्तित्व सहित दर्ता गरिएको पार्टीलाई कुनै पार्टीसँग जोड्न नमिल्ने बताए । ‘नेपालका कम्युनिष्ट आन्दोलनलाई एकीकृत र सशक्त बनाउन यो पार्टी गठन भएको हो,’ राईले भने ।

नेकपा (एकीकृत) को पदाधिकारीमा उपाध्यक्षमा कल्पना गुरुङ, महासचिव विनोद खुलाल, सचिव ऐनविक्रम कुँवर र कोषाध्यक्ष सुशील खनाल रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.