चुडामणि शर्मासहित ३ जनाविरुद्ध १ अर्ब ३३ लाख भ्रष्टाचारको मुद्दा

काठमाडौं, ९ असार : आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मासहित तीन जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शर्मासहित कर फर्स्यौट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकालसमेतलाई प्रतिवादी बनाएर बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनीहरूसँग १ अर्ब ३३ लाख ३० हजार ३८५ रूपयाँ बिगो माग गरी मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता नारायणप्रसाद रिसालले बताए ।

करदाताहरूको विभिन्न कर वक्यौतामा गैरकानुनी तरिकाले छुट दिएर भ्रष्टाचार गरको आरोपमा उनीहरूलाई मुद्दा दायर गरिएको रिसालले बताए ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ७ बमोजिम उनीहरूसँग सो बराबरको रकम बिगो र दफा ३ को उपदफा (१) र उपदफा (१) बोजिम कैद गरी जरिवानसमेतको सजाय माग गरिएको रिसालले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.