युरोकप : फोर्सबर्गको गोलमा स्विडेनको पहिलो जित
काठमाडौं, ५ असार : एमिल फोसवर्गले गरेको एक मात्र पेनाल्टी गोल मद्दतमा स्वीडेनले युरोकप २०२० को समूह इ को खेलमा स्लोभाकियालाई १-० ले पराजित गरेको छ ।
रुसको सेन्ट पिटर्सवर्गसमा शुक्रबार भएको खेलमा फोसवर्गले दोस्रो हाफमा गोल गरे ।
खेलको ७७औं मिनेटमा स्वीडेनका लागि फोसवर्गले पेनाल्टीमा गोल गरे । स्लोभाकियाका गोलकिपर मार्टिन डुभ्राभ्काले रोविन कवाइसनलाई फउल गरेपछि स्वीडेनले पेनाल्टी पाएको थियो । जसमा फोसवर्गले गोल गरे ।
यस जितसँगै समूह ‘ई’ मा रहेको स्विडेनले २ खेलमा ४ अंक जोडेको छ । स्विडेनले नकआउट चरणमा पुग्ने सम्भावना बलियो समेत बनाएको छ ।
स्विडेनले पहिलो खेलमा स्पेनसँग गोलरहित बराबरी खेलेको थियो । समूहको स्विडेन शीर्ष स्थानमा रहेको छ ।
स्लोभाकियाको यो पहिलो हार हो । पहिलो खेलमा स्लोभाकियाले पोल्याण्डलाई २–१ गोल अन्तरले हराएको थियो ।
दोस्रो स्थानको स्लोभाकियाले २ खेलमा ३ अंक जोडेको छ ।
