उपत्यकामा ५०८ सहित थप २७६८ जनामा कोरोना संक्रमण, ४०२० जना संक्रमणमुक्त

काठमाडौं, ४ असार : पछिल्लो २४ घण्टामा २७६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७५६९ जनामा भएको पीसीआर परीक्षणमा १९६३ र ५४६८ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०५ गरी २७६८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५०८ जना संक्रमित थपिएका छन् ।

काठमाडौंमा ३९४, भक्तपुरमा ५४ र ललितपुरमा ६० जना संक्रमित थपिएका हुन् ।

काठमाडौं उपत्यकामा अहिले सक्रिय स्रक्रमितको संख्या ११ हजार ९६८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यसमध्ये काठमाडौंमा मात्रै ६ हजार ७३५ सक्रिय संक्रमित छन् । हाल ललितपुरमा दुई हजार ९८३ र भक्तपुरमा दुई हजार २५० सक्रिय संक्रमित छन् ।

हाल देशभर ८७२ जना आईसीयू र २४६ जना भेन्टिलेटरमा उपचाररत छन् ।

पछिल्लो २४ घण्टामा  कोरोना संक्रमणबाट ४०२० जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म ५ लाख ४९ हजार ६८२ जना निको भइसकेका छन् । कुल संक्रमितमा निको हुनेको दर ८९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म देशभर ३२ लाख ५५ हजार ५७९ जनाकाे पिसिआर तथा १ लाख ३३ हजार ६२७ जनाकाे एन्टिजेन विधिबाट परीक्षण भएको छ ।

हालसम्म पिसिआर परीक्षण गरिएकामध्ये ६ लाख १७ हजार ९४७ जना र एन्टिजेन परीक्षणमध्ये २४ हजार ८६१ जनामा पाेजेटिभ देखिएकाे तथ्यांक छ ।

पछिल्लो २४ घण्टामा  कोरोना संक्रमणबाट ४४ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ६४१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा कोभिड–१९ को मृत्यु दर १.६ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.