उपत्यकामा ५७० सहित थप २६०७ जनामा कोरोना संक्रमण, २१४१ जना संक्रमणमुक्त
काठमाडौं, ३ असार : पछिल्लो २४ घण्टामा २६०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७७११ जनामा भएको पीसीआर परीक्षणमा १७६८ र ४७७३ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८३९ गरी २६०७ जनामा संक्रमण पुष्टि भएको हो ।
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
थपिएका संक्रमितमा काठमाडौंमा ४१३ जना छन् । यस्तै, ललितपुरमा १२१ र भक्तपुरमा ३६ संक्रमित थपिएका हुन् । पछिल्ला दिनमा उपत्यकामा दैनिक थपिने संक्रमितको संख्यामा कमी देखिएको छ ।
यससँगै देशभर कोरोना संक्रमितको संख्या ६ लाख १५ हजार ९८४ (पीसीआर) र २४ हजार ५६ (एन्टिजेन विधिबाट) पुगेको छ ।
पछिल्लो २४ घण्टामा २१४१ जना संक्रमणमुक्त भएका छन् । यो सहित हालसम्म ४ लाख ४५ हजार बढी संक्रमण मुक्त भएका छन् ।
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ३९ जनाको मृत्यु भएको छ ।
यो सहित नेपालमा हालसम्म कोरोनाबाट ८ हजार ५९७ जनाको मृत्यु भएको छ ।
