कागेश्वरी मनोहरा नगरपालिकाले मेलम्ची बाढीपीडितलाई २० लाख दिने

काठमाडौं, ३ असार : काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले बाढीबाट प्रभावित भएको सिन्धुपाल्चोकको दुई पालिकालाई २० लाख रुपैयाँ राहत सहयोग गर्ने निर्णय गरेको छ ।

कागेश्वरी मनोहरा नगरपालिकाले मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई १० लाखको दरले २० लाख रुपैयाँ राहत सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।

बिहीबार नगरप्रमुख कृष्णहरि थापाको अध्यक्षतामा बैठक बसी राहत सहयोग गर्ने निर्णय गरेको नगर प्रवक्ता राजाराम पुडासैनीले बताए । मंगलबारदेखि परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोकको हेलम्बु र पाँचपोखरीको लोर्केमा खसेको पहिरोले नदी थुनिएपछि मेलम्चीमा बाढी आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.