भक्तपुरमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु
भक्तपुर,
बुधबार राति करिब ११ बजे ठिमी नगरपालिका-४ चारदोबाटोमा मोटरसाइकल दुर्घटना भएको हो ।
बा७७प ५६०५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्यसका चालक सोलुखुम्बु चौलाखर्क-३ घर भई काठमाडौं काँडाघारी बस्ने २७ वर्षीय रमेशकुमार बस्नेतको मृत्यु भएको हो ।
काठमाडौंबाट भक्तपुर जाँदै गरेको सो मोटरसाइकलमा ३ जना सवार थिए । अनियन्त्रित भएर आइल्याण्डमा मोटरसाईकल ठोक्किँदा गम्भिर घाइते भएका बस्नेतको उपचारको क्रममा त्रि.वि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो ।
मोटरसाइकलमा सवार सवार उदयपुर ताप्ले गाउँपालिका-५ घर भई काँडाघारी बस्ने २२ वर्षीय लोकेन्द्र मग्राती र सिन्धुली तीनपाटन गाउँपालिका-५ घर भई हाल काँडाघारी बस्ने २५ वर्षी अमित जैरूको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार सडकको बीचमा रहेको आइल्याण्डमा मोटरसाइकल ठोक्किएको थियो ।
