९६ किलो गाँजासहित मकवानपुरमा पाँच जना पक्राउ

मकवानपुर, २ असार : मकवानपुर प्रहरीले ९६ किलो लागुऔषध गाँजासहित पाँच जनालाई पक्राउ  गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले ९६ किलो चारसय ग्राम लागुऔषध गाँजासहित हेटौंडा–१० बाट पाँचजनालाई पक्राउ गरेको हो । गएराति ना२ख ५५७९ नम्बरको कन्टेनरबाट लागुऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

रिमालले मनहरीबाट हेटौंडातर्फ आउदै गरेको उक्त कन्टेनरबाट लागुऔषसहित मंगलबार तीन जनालाई पक्राउ गरिएको र बाँकी दुई जनालाई अनुसन्धान क्रममा बुधबार पक्राउ गरिएको बताए ।

मंगलबार पक्राउ पर्नेमा कन्टेनर चालक मकवानपुरको मनहरी गाँउपाकिको–६ का २५ वर्षको सन्तोष आलेमगर, सहचालक  २१ वर्षका मोसा घलान र कन्टेनरमा सवार कैलाश गाँउपालिका–८ को २४ वर्षको उमेश लामा छन् ।

त्यस्तैगरी अनुसन्धान क्रममा बुधबार बिहान पक्राउ पर्नेहरुमा चितवन राप्ती नगरपालिका –२ को ३१ वर्षीय विष्णु लामा र मकवानपुर कैलाश गाँउपालिका–८ बस्ने २९ वर्षीय रोशन मोक्तान छन् ।

मकवानपुरमा जारी निषेधाज्ञाका समयमा पनि लागुऔषध ओसारपसारका घटना रोकिएका छैनन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.