अखिलको राहत र उद्धार टोली सिन्धुपाल्चोक प्रस्थान

काठमाडौं, २ असार : नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले सिन्धुपाञ्चोकको मेलम्चीका बाढी र पहिरो पीडितको उद्धार र राहतका लागि विद्यार्थी सङ्गठन अनेरास्ववियुको केन्द्रीय टोलीलाई आज विदाई गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय, थापाथलीमा आज महासचिव पोखरेल र पार्टीका केन्द्रीय सदस्य एवं अनेरास्ववियुका इन्चार्ज खिमलाल भट्टराईले अनेरास्ववियुको टोलीलाई विदाई गरेका हुन् ।

अनेरास्ववियुका अध्यक्ष ऐन महरको नेतृत्वमा रहेको टोलीमा ८ स्वास्थ्यकर्मीसमेत रहेका छन् । राहत तथा उद्धार टोलीले पीडितलाई वितरण गर्न चामल, तेल, त्रिपाल, टेण्ट पनि लिएर गएको छ ।

मङ्गलबार राति अविरल वर्षाका कारण मेलम्ची र हेलम्बु बजारमा डुबानका कारण सर्वसाधारण विस्थापित भएका छन् । महासचिव पोखरेलले एमालेका सम्पूर्ण नेता तथा कार्यकर्तालाई पीडितको राहत र उद्धारका लागि संगठित ढंगले सहयोग पुर्याउन र आफ्नो संगठित शक्तिलाई परिचालित गर्न आह्वान गरे ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.