काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा खुकुलो, के-के खुल्छ? (विज्ञप्ती सहित)

काठमाडौं, १ असार : काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा खुकुलो बनाइएको छ । मनिङवाकमा आउजाउ गर्नेलाई अब प्रहरीले रोक्दैन ।

पछिल्लोपटक काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले केही खुकुलो गरी असार ७ सम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेका थिए, जुन आदेखि कार्यान्वयनमा आएको छ ।

आजदेखि खाद्यान्न, तरकारी, किराना पसल, फलफूल र पुस्तक पसल बिहान ११ बजेसम्म खोल्न पाइन्छ ।

विकास निर्माणका काममा आवश्यक पर्ने पसल (हार्डवेयर) लाई अपरान्ह ४ बजेदेखि खुल्न दिने निर्णय भएको छ ।

होटलमा ‘टेक अवे’ सेवालाई निरन्तरता दिने निर्णय भएको थियो । अनलाइन डेलिभरीका लागि होटललाई बिहान ७ बजेदेखि काम गर्न दिइने छ।

विकास निर्माणका काममा स्वास्थ्य मापदण्ड पूरा गरेर मजदूरहरू राख्न पाइने भएको छ ।

वर्कसपहरू बिहानदेखि बेलुकीसम्मै खोल्न पाउँछन् । अत्यावश्यक सेवाका लागि यातायातका साधन आफ्नो कार्यालयद्वारा जारी परिचय पत्र वा प्रमुख जिल्ला अधिकारीले जारी गरेको पासका आधारमा सञ्चालन गर्न दिइने छ ।

एम्बुलेन्स, शव बाहनलगायत स्वास्थ्य सेवामा खटिने साधनले परिचय पत्र देखाउनु पर्दैन ।

बैंक तथा वित्तीय संस्थाका लागि पनि केही नियम खुकुलो बनाइएको छ । सहकारीका लागि सातामा दुई दिन खोल्न दिने निर्णय भएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कृषिजन्य कामका लागि मल ढुवानी र बीऊ बिजनका पसलहरू खुल्न दिने निर्णय भएको छ ।

कूटनीतिक निकायबाट जारी हुने भिसा, परीक्षा र अन्तर्वार्ताका लागि आउजाउ गर्ने मानिसहरूलाई नरोकिने भएको छ ।

उपत्यकामा १६ वैशाखदेखि लगाइएको निषेधाज्ञा हालसम्म जारी छ ।

हेर्नुहोस विज्ञप्ती

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.