युरोकप : नेदरल्याण्ड्सको रोमाञ्चक जित

काठमाडौं, ३१ जेठ : युरोकप २०२० मा नेदरल्याण्ड्सले विजयी सुरुवात गरेको छ । गएराति भएको रोमाञ्चक खेलमा नेदरल्याण्ड्सले युक्रेनलाई ३-२ ले पराजित गरेको हो ।

नेदरल्यान्ड्सलाई जित दिलाउन जर्जिनियो विनाल्डम, वाउट वेगहोर्स्ट र डेन्जल डम्फ्राइजले एक एक गोल गरे ।

युक्रेनका एन्ड्री यार्मोलेन्को र रोमन यारेमचुकले एक एक गोल फर्काए ।

घरेलु मैदान जोहान क्रफ एरेनामा डेन्जेल डुमफ्राइसजले खेल सकिन पाँच मिनेटअघि विजयी गोल गरेका थिए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा ५ गोल भएको थियो । खेलको ५२औं मिनेटमा जर्जिनिओ विज्नाल्डमले गोल गर्दै नेदरल्याण्ड्सलाई अग्रता दिलाए । ५८औं मिनेटमा वेट वेघोर्स्टले गोल गर्दै अग्रता दोब्बर पारे ।

७५औं मिनेटमा एन्ड्री यर्मोलेन्को र ७९औं मिनेटमा रोमन यारेमचुकले गोल गरेपछि युक्रेनले खेल बराबरी गर्‍यो । तर डेन्जलले ८५औं मिनेटमा निर्णायक गोल गर्दै डच टोलीलाई ३ अंक दिलाए ।

यस जितसँगै समूह ‘सी’ को नेदरल्यान्ड्सले महत्वपूर्ण ३ अंक जोडेको छ ।

नेदरल्यान्ड्स समूहको दोस्रो स्थानमा रहेको छ । ३ अंक जोडेको अष्ट्रिया शीर्ष स्थानमा रहेको छ ।

युक्रेनले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । युक्रेन तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.