बहुमत सांसदको हस्ताक्षरसहित गण्डकीको मुख्यमन्त्रीमा पोखरेलको दावी
पोखरा, २८ जेठ : विपक्षी गठबन्धनले गण्डकीको नयाँ सरकारमा बहुमतसहित दाबी गरेको छ । प्रदेश प्रमुख सीता पौडेलसमक्ष नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वमा विपक्षी गठबन्धनले दाबी पत्र बुझाएको हो ।
गण्डकी प्रदेशमा नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष मुख्यमन्त्रीमा दावी पेश गरेका छन् ।
विपक्षी गठबन्धनका ३१ जना सांसद रहेका छन् । स्वतन्त्र सांसद दीपक मनाङेसहित कांग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ सांसद रहेका छन् ।
प्रदेश प्रमुखले संविधानको धारा १६८(५) बमोजिम सरकार गठनका लागि २४ घण्टाको समय दिएर आह्वान गरेपछि उनीहरूले बहुमतसहित सरकारमा दाबी गरेका हुन् ।

