भारतीय सेनाद्वारा नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग

काठमाडौं, २८ जेठ : नेपाली सेनालाई भारतीय सेनाले स्वास्थ्य सामग्री प्रदान गरेको छ। शुक्रबार नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले नेपाली सेनाको मुख्यालयमा प्रधानसेनापति पूर्णचन्द्र थापाले उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

भारतीय सेनाले भेन्टिलेटर, आइसियु बेड, पिपिइ सेट र एम्बुलेन्सलगायतका स्वास्थ्य सामग्रीहरु प्रदान गरेको छ ।

प्रधानसेनापति थापाले राजदूत क्वात्रालाई भारतीय सेनाले प्रदान गरेको सहयोगका लागि आभार तथा धन्यवाद प्रकट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.