प्रदेश १ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ सहित)
विराटनगर, २७ जेठ : प्रदेश १ सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । बिहीबार आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरिएको हो ।
प्रदेश १ सरकारले पनि केन्द्र सरकारजस्तै यस वर्षको बजेटमा स्वास्थ्य क्षेत्रलाई नै प्राथमिकतामा राखेको छ । कोरोना रोकथाम, उपचार र खोप अभियानलाई नै पहिलो प्राथमिकतामा राखेको छ ।
नीति तथा कार्यक्रममा सरकारी अस्पतालको सुधार, हरेक तहमा स्वास्थ्यकेन्द्र र समयमा खोप सहितको कार्यक्रम समेटिएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गरेका हुन् ।
कोरोना भाइरसको असर सबैभन्दा बढी स्वास्थ्य, कृषि र रोजगारमा परेकोले ती क्षेत्र महत्वका साथ समेटिएको छ । कृषकलाई दिइने विशेष राहत र त्यसपछि कृषि पेसामा लगानी गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
