कोरोना भाइरस नियन्त्रणसम्बन्धी कार्ययोजना स्वीकृत   

विराटनगर, २९ फागुन : प्रदेश नं १ को मन्त्रिपरिषद् बैठकले कोराना भाइरस (कोभिड–१९) नियन्त्रणसम्बन्धी एकीकृत कार्ययोजना पारित गरेको छ । मुख्यमन्त्री कार्यालयमा आज बसेको बैठकले कोरोना संक्रमण नियन्त्रणका लागि तयार गरिएको कार्ययोजना कार्यान्वयन गर्ने निर्णय गरेको प्रदेश मन्त्रिपरिषद्का प्रवक्ता एवं आन्तरिक तथा कानूनमन्त्री हिम्कमतकुमार कार्कीले जानकारी दिनुभयो ।

यसैगरी ओखलढुङ्गा जिल्लाको सिद्धिचरण नगरपालिकालाई भोगअधिकारका लागि चाहिने जग्गा माग भएअनुसार सङ्घीय सरकारसँग माग गर्ने निर्णय गरिएको छ । बैठकले प्रदेश लगानी प्राधिकारण कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने बजेट स्वीकृत गर्र्नुका साथै प्रदेश योजना आयोगको २०७५÷७६ वार्षिक प्रतिवेदन प्रदेशसभामा प्रस्तुत गर्न स्वीकृति दिएको छ ।

बैठकले सुनसरी जिल्लाको अमडुवामा रहेको ५०० बिघा जग्गा नेपाल सरकारको मातहतमा रहेकोमा उक्त जग्गा औद्योगिक पार्क निर्माणका निम्ति सङ्घीय सरकारसँग माग गर्ने निर्णय गरेको छ भने धनकुटामा औद्योगिक ग्राम सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कार्यका लागि कार्यविधि¬–२०७६ स्वीकृत गरेको, प्रदेश सहकारी नियावली–२०७६ स्वीकृत गरेको र प्रदेश सहकारी कार्यालय स्थापनाका लागि दरबन्दी स्वीकृत गरेको छ ।

त्यसैगरी उक्त बैठकले आन्तरिक मन्त्रालयबाट आएको रेडियो, एफएम सञ्चालनसम्बन्धी नियमावली–२०७६ पारित गर्नुका साथै प्रदेश दाना तथा दाना पदार्थसम्बन्धी गर्न विधेयक मस्यौदा तयार गर्न भूमि व्यवस्था तथा कृषि तथा सहकारी मन्त्रालयलाई स्वीकृति दिएको छ ।

प्रदेश सरकारद्वाराकोभिड१९रोकथाम कार्ययोजना सार्वजनिक

प्रदेश नं १ को सरकारले नोभेल कोरोना भाइरस (कोभिड–१९) को रोकथाम, प्रतिरक्ष र उपचार व्यवस्थासम्बन्धी कार्ययोजना सार्वजनिक गरेको छ । मुुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको सर्वदलीय बैठकपछि आज कार्ययोजना सार्वजिनक गरिएको हो । कार्ययोजनामा कोरोना भाइरस भनेको के हो ? यसका मुख्य लक्षणहरु, यसबाट कसरी आफू र अरुलाई बचाउने, यसको सङ्क्रमणवाट बच्न अपनाउनुपर्ने पूर्वसावधानी, प्रदेशको वस्तुस्थिति, वस्तुस्थितिको विश्लेषण, सम्भावित चुनौतीहरु र रोकथाम, प्रतिरक्ष र उपचार व्यवस्थाको उल्लेख गरिएको छ ।

भाइरस सङ्क्रमण फैलन नदिन प्रदेश सरकारले गरेको उच्च सावधानी, सीमा क्षेत्रमा गरिएको आवश्यक अनुगमन, उच्च सर्तकता, यसबाट बच्न अपनाउनुुपर्ने सावधानी तथा सम्भावित चुुनौतीका विषयलाई कार्ययोजनामा समेटिएको छ । प्रदेश नं १ सरकारले कोरोना भाइरस सङ्क्रमण यस क्षेत्रमा भित्रिन नदिनका लागि पाँचवटा सीमा नाका बिराटनगरको जोगवनी, भद्रपुुर, कांकरभिट्टा, पशुपति नगर, भण्टावारीमा जगेडा चालक र मेडिकल टोली खटाउनका साथै प्रदेश तहमा १० वटा जिल्लामा दुुई–दुुई वटा गरी २० वटा एम्बुुलेन्स तयारी अवस्थामा राख्ने सुुनसरीको श्रीलङ्का टप्पुु र मोरङको टाँडीमा क्वारेन्टटाइन स्थापना गर्ने, पहिलो चरणमा ५०० भन्दा ज्यादा चिकित्सकको टोली तयारी अवस्थामा राख्नुका साथै नेपाल प्रहरी तथा नेपाली सेनालाई तयारी अवस्थामा राख्ने कार्य योजनामा बनाएको छ ।

सो अवसरमा मुुख्यमन्त्री शेरधन राईले कोरोना भाइरस सङ्क्रमण हुुन नदिन प्रदेश सरकारले ‘एक्सन प्लान’ बनाएर कार्यान्वयनका लागि अघि बढाईएकाले त्यसमा सहयोग गर्न दललाई आग्रह गर्नुुभयो । उहाँले ‘प्रदेश नं १ मा अहिलेसम्म कोरोनाको बिरामी फेला नपरेको र प्रदेश नाकासँग जोडिएको भारतीय गाउँ वस्तीमा रोगको सङ्क्रमण नभएको भन्दै यसबाट प्रदेश सुुरक्षित छ’ भन्नुभयो । मुुख्यमन्त्री राईले कोरोना भाइरसको नाममा कालाबजारी गर्न खोज्नेलाई कारवाही गरिने भन्दै व्यापारीलाई आवश्यक सामग्रीको कृतिम अभाव सिर्जना नगर्न आग्रह गर्नुुभयो ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले सीमा क्षेत्रमा रेलवाट आउने यात्रुलाइ ध्यान केन्द्रित गरेको भन्दै भाइरस सङ्क्रमण हुुन नदिन प्रदेश सरकारले आवश्यक उच्च सर्तकता अपनाएको जानकारी दिनुभयो । प्रदेश सदस्य जयराम यादवले प्रदेश सरकारले ल्याएको कार्ययोजनाको प्रशंसा गर्दै आवश्यक भोजभतेर, सभा सम्मेलनमा उच्च सतर्कता अपनाउन आउनुपर्नेमा जोड दिँदै सरकारले ल्याएको कार्ययोजनालाई सञ्चारमाध्यमले विशेष प्राथमिक दिनु आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.