फरार अभियुक्त १९ वर्षपछि पक्राउ

भक्तपुर, २७ जेठ : सूर्यविनायक नगरपालिका कटुञ्जेकी ३३ वर्षीया विजयेश्वरी प्रजापतिको हत्या गरी फरार रहेका अभियुक्त १९ वर्षपछि नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडाँैले पक्राउ गरेको छ ।

ब्यूरोले आइतबार पर्सा सुपर्णपुर–४ साविक वेगनास गाविस ५ कास्की घर भएका २५ वर्षीय (हाल ४४ वर्षीय) देवीरमण अधिकारीलाई रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बेलहियाबाट पक्राउ गरी महानगरीय प्रहरी परिसर भक्तपुरमा बुझाएको हो । विसं २०५७ असार ८ गते प्रजापतिको घरमा घरेलु कामदारका रुपमा रहेका अधिकारीले विजयश्वरीलाई कूटो र खुकुरी प्रहार गरी हत्या गरेर फरार रहेका प्रहरीले जनाएको छ ।

तत्कालीन समयमा मृतकका पति तुलसीभक्त प्रजापति पर्सा जिल्लाको जिल्ला वन प्रमुख रहँदा कार्यालयमा काम गर्ने अधिकारीलाई आफू सरुवा भएसँगै घरमा घरेलु कामदारका रुपमा राखेको पाइएको र मृतकसँग काम गरेवापतको रु ११ हजार पटक पटक माग गर्दा नदिएपछि हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । हत्या गरी सुन, चाँदी र हिराका गहना तथा नगद चोरी गरी फरार भारतको रक्सौल, बनारस, महाराष्ट्रको पुणे र मुम्बईमा प्रकाश अधिकारीको नाममा बस्दै आएको अुनसन्धानबाट खुलेको नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौँका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal