कञ्चनपुरमा हावाहुरीबाट ५७१ घरमा क्षति, जिल्लामा हालसम्म विद्युत् सेवा ठप्प

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनामा अर्जुन नेपालीको हावाहुरीले छाना उडाएको घर । हावाहुरीले घरको छानासँगैे खाद्यान्न र लत्ताकपडा उडाएपछि नेपालीको परिवारमा विजोग भएको छ । तस्वीर: राजेन्द्रप्रसाद पनेरु

कञ्चनपुर, २४ जेठ : जिल्ला प्रहरी कार्यालयले सङ्कलन गरेको प्रारम्भिक तथ्याङ्कअनुसार हावाहुरीले जिल्लाको ५७१ घरमा क्षति पु¥याएको छ । सबैभन्दा बढी भीमदत्त नगरपालिका, वेदकोट नगरपालिका, कृष्णपुर नगरपालिका र शुक्लाफाँटा नगरपालिकामा क्षति पु¥याएको छ ।

प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले पूरै विवरण प्राप्त हुन नसकेको बताउनुभयो । “अहिले प्रारम्भिक विवरण मात्र सङ्कलन भएको छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार हावाहुरीबाट १२ विद्यालय क्षति पुगेको छ । यस्तै १० पशुचौपाया तथा एक हजार ५० भन्दा बढी कुखुरा मरेका छन् । कृष्णपुर नगरपालिका–२ को कार्यालय भवनमा क्षति पुगेको छ । वाणीस्थित मुक्त कमैया बस्ती र वनहरास्थित भूमिहीनको घरमा क्षति पुगेको छ । हावाहुरीका कारण विचल्लीमा परेका परिवार आफन्त र खुला आकाशमुनि बस्न बाध्य छन् । जिल्लामा हालसम्म विद्युत् सेवा ठप्प छ ।

हावाहुरीका कारण रु ११ करोडभन्दा बढीको केरा खेती नष्ट भएको छ । सबैभन्दा बढी कञ्चनपुरको कृष्णपुर नगरपालिकाको गुलरीयामा केरा खेती नष्ट भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार भीमदत्त नगरपालिकाको तिलकेनी, वेदकोटको बैतडा र कुष्णपुरको गुलरीयामा केरा खेती नष्ट भएको छ ।

क्षतिको विवरण संकलन गर्न सुरक्षा निकाय परिचालन गरिने

जिल्ला सुरक्षा समितिको बैठकले हावाहुरीका कारण कञ्चनपुरमा भएको क्षतिको विवरण संकलन गर्न तीनवटै सुरक्षा निकायलाई परिचालन गर्ने निर्णय गरेको छ ।

बिहीबार राति आएको हावाहुरीका कारण कञ्चनपुरमा २३ जना घाइते भएका छन् । सयौँ घरमा क्षति पुगेको छ । प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले प्रहरीमार्फत जिल्लाभरको क्षतिको विवरण संकलन थालिएको जानकारी दिनुभयो । “अहिले नेपाली सेनालाई खटाउने अवस्था छैन”, उहाँले भन्नुभयो, “आवश्यक परे सेना र गैरसरकारी संस्था पनि खटाइनेछ ।”

ठाउँ ठाउँमा बिजुलीका खम्बा ढलेपछि बिहीबार रातिदेखि जिल्लाको विद्युत् सेवा बन्द छ । “जिल्लाभरको क्षतिको विवरण आउन केही समय लाग्छ”, प्रजिअ वैद्यले भन्नुभयो, “स्थानीय तहसित समन्वय गरेर तथ्याङ्क संकलन गछौँ ।”

कञ्चनपुरका स्थानीय तहले पनि क्षतिको विवरण संकलन शुरु गरेका छन् । जिल्लास्थित रेडक्रस सोसाइटीले समेत विभिन्न स्थानमा पुगेर क्षतिको विवरण संकलन थालेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ढलेका रुख हटाउन तथा अवरुद्ध सडक खुलाउन सुरक्षाकर्मी परिचालन गरिएको छ । विद्युत् सेवा अवरुद्ध हुँदा यहाँको सञ्चार सेवा नराम्ररी प्रभावित बनेको छ ।

भीमदत्त नगरपालिका–१३ बडैपुरमा स्थानीयवासी मानसिंह लुहारको घरमाथि खसेको रुख नेपाली सेनाको सिंहशार्दूल गुल्मको सैनिक टोलीले हटाएको छ । “क्षति भएको ठाउँमा सहयोग गर्न सेना तयारी अवस्थामा छ”, सिंहशार्दूल गुल्मका निमित्त गुल्मपति सह–सेनानी कृष्ण भण्डारीले भन्नुभयो, “जनजीवन सामान्य अवस्थामा ल्याउन हामी सक्दो सहयोग गछौँ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal