स्रोत नखुलेको एकतिस लाख नगदसहित दुई जना पक्राउ

काठमाडौँ, ९ जेठ : महानगरीय प्रहरीवृत्त नयाँ वानेश्वरले स्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ गरेको छ ।

वृत्तको टोलीले काठमाडौँ महानगरपालिका–३१ स्थित सडकमा बा१४च ८९५९ नंको सवारी जाँचका क्रममा स्रोत नखुलेको नगदसहित भक्तपुरका ५० वर्षीय राजभाई सञ्जु र झापाका ३३ वर्षीय अभिषेक सावालाई बुधबार राति पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

प्रहरीले सञ्जु र सावासँग रु ३१ लाख बरामद गरेको छ । पक्राउ परेका दुवैलाई आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग पठाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.