हुण्डी कारोवारमा संलग्न पक्राउ

काठमाडौँ, ५ जेठ : काठमाडौँ चावहिलबाट अवैध रुपमा हुण्डी कारोबारमा संलग्न तीन जनालाई नगद ३४ लाख ८९ हजारसहित आज प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौँ हात्तीगौडा बस्ने सोलुखुम्बु दूधकोशी गाउँपालिका–२ का ३६ वर्षीय अर्जुन राई, भक्तपुर सूर्यविनायक बस्ने सुनसरी बराह नगरपालिका–९ का ४० वर्षीय जगत खड्का र कपन बालुवाखानी बस्ने २३ वर्षीय सुनिल राई रहेका छन् ।

उक्त ठाउँमा अवैध रुपमा हुण्डीको कारोवार भइरहेको भन्ने विशेष सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त गौशालाबाट प्रहरी नायब उपरीक्षक सुनिल मल्लको नेतृत्वमा गएको टोलीले हुण्डी कारोवारमा प्रयोग भएको उक्त नगद, कागजात र पैसा गन्ने उपकरणसहित उनीहरुलाई फेला पारिएको थियो ।

उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीका लगि राजश्व अनुसन्धान विभाग ललितपुर पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal