‘महानगर निर्माणमा सामाजिक संस्थासँगको सहकार्य जरुरी’

काठमाडौँ, ३१ वैशाख : काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले समृद्ध महानगर निर्माणका लागि सामाजिक संस्थासँग सहकार्य गरिने बताउनुभएको छ ।

थापाथली जनकल्याण परिवारको ३०औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहमा उहाँले सुन्दर महानगर, समृद्ध महानगर निर्माणका लागि सामाजिक संस्थासँग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो । “राम्रो काम गर्ने सामाजिक संस्थासँग सहकार्य गरेर काठमाडौँ महानगरपालिका अगाडि बढ्छ”, उहाँले भन्नुभयो ।

प्रमुख शाक्यले महानगरले ज्येष्ठ नागरिकलाई घरघरमा डाक्टर पठाएर उपचार गर्ने कार्यक्रम शुरु गरेको जानकारी गराउँदै साझा बसमा समेत निःशुल्क यात्रा गर्ने वातावरण निर्माणमा लागेको बताउनुभयो ।

समृद्ध महानगर निर्माणका लागि महानगरपालिकाले कौसी खेती, महिला लक्षित सीपमूलक कार्यक्रम प्रदान गरेको उहाँको भनाइ छ । उहाँले सडकमा रहेका बेसहारा वृद्धवृद्धालाई मानव सेवा आश्रममा लैजानेदेखि काठमाडौँमा सिसी क्यामरा जडान गर्न प्रहरीसँग सहकार्य गरेर महानगर अगाडि बढेको उल्लेख गर्नुभयो ।

पूर्वगर्भनर हिमालयशम्शेर जबराले समाज सेवाको क्षेत्रमा थापाथली जनकल्याण परिवारले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो ।

विसं २०४७ वैशाख ३१ मा स्थापना भएको थापाथली जनकल्याण परिवारले महिला, बालबालिका र ज्येष्ठ नागरिकको सेवाका लागि काम गर्दै आइरहेको जनकल्याण परिवारका महासचिव लक्ष्मण थापाले जानकारी दिनुभयो ।

जनकल्याण परिवारका अध्यक्ष भीमबहादुर अधिकारीले थापाथली क्षेत्रको सामाजिक काममा जनकल्याण परिवारले महत्वपूर्ण योगदान गर्दै आएको बताउनुभयो ।

सो अवसरमा जनकल्याण प्रतिभा पुरस्कारद्वारा समाजसेवी प्रा डा ऋषिराम पोखरेललाई रु १५ हजार, क्याप्टेन गोपालप्रसाद जनकल्याण पुरस्कारद्वारा गायिका मेनुका पौडेललाई रु १० हजार र युगनाथ जनकल्याण पुरस्कारद्वारा स्वर्गद्वारी आश्रमलाई रु १५ हजारसहित सम्मान गरिएको छ ।

यस्तै ललितजङ्ग सिजापती जनकल्याण पुरस्कार काशीनाथ जोशीलाई, नन्दलाल जोशी स्मृति पुरस्कार बबिता केसीलाई, उत्कृष्ट खेलाडी सम्मानद्वारा विवश घिमिरे र सरोजकुमार मुल्मीलाई सम्मान गरिएको छ । सोही कार्यक्रममा विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तिलाई समेत सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal