अवैध नेटवर्किङ व्यवसाय सञ्चालन गर्न खोज्ने १२ भारतीय नागरिक प्रहरी नियन्त्रणमा

काठमाडौँ, २८ वैशाख : प्रहरीले अवैध नेटवर्किङ व्यवसायमा संलग्न भएको आशङ्कामा १२ भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।

दरबारमार्गस्थित होटल याक एण्ड यतिमा नेटवर्किक व्यवसायका विषयमा छलफल चलाइरहेका उनीहरुलाई नेपाल राष्ट्र बैंक, राजश्व अनुसन्धान विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।

नेटवर्किङ व्यवसायमा नेपाली ठगिने सम्भावना देखिएकाले भारतीय नागरिकलाई नियन्त्रणमा लिइएको र उनीहरुमाथि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

नेटवर्किङ व्यवसाय विस्तार गर्न लागेको भन्ने सूचनाका आधारमा प्रहरीले गए राति होटलमा छापा मारेको थियो । त्यस क्रममा पक्राउ परेका अभियुक्तलाई अहिले महानगरीय प्रहरी परिसरमा ल्याई अनुसन्धान प्रक्रिया चलिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal