टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, आक्रोशित स्थानीयवासीद्वारा टिपरमा आगजनी

नुवाकोटको बट्टारबाट गगंटेतर्फ जाँदै गरेको ना.३३प ३४६६ नंं को मोटरसाइकललाई बिपरीत दिशाबाट आएको बा.५ ख २८९८ नं. को ट्रिपरले शुक्रबार ठक्कर दिँदा मोटरसाइकल चालक विदुर नगरपालिका–२ का २३ वर्षका दिवाकर खनालको घटनास्थलमै मृत्यु भएपछि आक्रोशित स्थानीयवासीले ट्रिपरमा आगजनी गरेर सडक अवरुद्ध गरे । उक्त दुर्घटनामा मोटरसाइकलमा सवार रहेका मुन्ना गुप्ता घाइते भएकाले उपचार भइरहेको छ । तस्वीर: रामहरि न्यौपाने, बेत्रावती (नुवाकोट) ।

बेत्रावती, २९ चैत : टिपर र मोटरसाइकल एकापसमा ठोक्किँदा नुवाकोटको बट्टारमा आज एक जनाको मृत्यु भएको छ ।

बट्टारबाट गङ्गटेतर्फ जाँदै गरेको मोटरसाइकललाई विपरीत दिशाबाट आएको टिपरले ठक्कर दिँदा विदुर नगरपालिका–२ का दिवाकर खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख कृष्णबहादुर पल्लीमगरले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार टिपरको ठक्करबाट ना३३प ३४६६ नंंको मोटरसाइकल चालक २३ वर्षीय खनालको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाइकलमा सवार मुन्ना गुप्ता सामान्य घाइते भएका छन् ।

दुर्घटनापश्चात आक्रोशित स्थानीयवासीले ठक्कर दिने बा५ख २८९८ नंको टिपरमा आगजनी गरेर क्षति पु¥याइदिएका छन् । दोषी चालकलाई कडा कारवाही, पीडित परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै स्थानीयवासीले बट्टारबजार–गङ्गटे सडकखण्ड अवरुद्ध बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal