रुपैडिया नाकाबाट चार बालकको उद्धार

बाँके, २८ चैत : दलालमार्फत भारत लगिँदै गरेका चार बालकको आज उद्धार गरिएको छ । नेपाल–भारत सिमानाका रुपैडिया हुँदै भारत हिमाञ्चल प्रदेशको सिमला लैजान लागिएका बालकको जमुनाहाबाट उद्धार गरिएको हो ।

उद्धार गरिएकामा जाजरकोट जुनीचाँदे गाउँपालिका–५ गर्खाकोटका जयलाल बस्नेत, यज्ञ बस्नेत, कृष्ण बस्नेत र राम परियार छन् । उनीहरु अन्दाजी १३ देखि १५ वर्ष उमेरका छन् ।

महिला तथा बालबालिका बेचबिखनविरुद्ध काम गर्दै आएको ‘ज्ञान नेपाल’ले शङ्कास्पदरुपमा जान थालेको जानकारी पाएपछि उनीहरुलाई रोकेको हो । दलालले सिमलामा राम्रो काममा लगाइदिने भन्दै आफूहरुलाई लैजान लागेको उनीहरुले बताएका छन् ।

उद्धारपछि चारै बालकलाई ‘सिविन नेपाल’ नेपालगञ्जको जिम्मा लगाइएको ज्ञान नेपालका सहजकर्ता सपना विष्टले जानकारी दिनुभयो । दलाल भने पहिला नै सीमानाका पार गरिसकेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal