सामाजिक सञ्जालमार्फत सौदाबाजी गर्ने पक्राउ

काठमाडौँ, २७ चैत : सामाजिक सञ्जालको दुरुपयोग गरी युवतीलाई सौदाबाजी गर्ने एक जनालाई प्रहरीको महानगरीय अपराध महाशाखा काठमाडौँले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा डोटीको केआइसिंह गाउँपालिका– ६ घर भई हाल कीर्तिपुर बस्ने २६ वर्षीय केशवराज भट्ट रहेका छन् । भट्टले सामाजिक सञ्जालको दुरुपयोग गरी नक्कली फेसबुक खोली उच्च पदमा रहेका अधिकृतको फोटो राखेर युवतीलाई साथी बनाई सौदाबाजी गर्ने गरेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार उनले आफू उच्च खानदानको भएको र नेपाल सरकारको शाखा अधिकृत भएकाले विवाह गर्न चाहेको भनी विभिन्न प्रलोभन देखाइ युवतीलाई विश्वासमा पारी रकमसमेत ठगी गरेको खुल्न आएको छ ।

पीडित युवतीले महाशाखामा दिएको उजुरीका आधारमा खोजतलास गर्ने क्रममा मङ्गलबार काठमाडौँको गौशालाबाट भट्टलाई पक्राउ गरिएको हो ।

उनलाई विद्युतीय कारोवार ऐनअन्तर्गतको कसुरमा आवश्यक अनुसन्धान तथा कारवाहीका लागि आज महानगरीय प्रहरी परिसर, काठमाडौँलाई बुझाइएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal