भारतीय किशोरीको उद्धार

गौशाला, २७ चैत : महोत्तरीको औरही नगरपालिका– १ मा दुई महिनादेखि बन्धक बनाई राखिएकी एक भारतीय किशोरीको प्रहरीले उद्धार गरेको छ ।

औरही नगरपालिका– का आलम अंसारीको घरमा बन्धक बनाई राखिएकी भारत बिहारको सीतामढी जिल्ला पिपरा बिसनपुर– ७ की १५ वर्षीया विन्दुकुमारी यादवको उद्धार गरिएको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

सोही ठाउँका मोहमद अंसारीले किशोरीलाई ललाई फकाई ल्याएर आलमको घरमा पु¥याएका थिए । स्थानीयवासीले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।

मङ्गलबार ईलाका प्रहरी कार्यालय गौशालाबाट प्रहरी निरीक्षक किशोर आचार्यको नेतृत्वमा खटिगएको टोलीले आलमको घरबाट किशोरीको उद्धार गरेको हो । किशोरीलाई ललाई फकाई ल्याउने अंसारीलाई समेत पक्राऊ गरी ईलाका प्रहरी कार्यालय गौशालामा राखिएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको छ । घरधनी आलम फरार छन् ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal