जल, जमीन र जङ्गल समृद्धिका आधार हुन् : अर्थमन्त्री ढुङ्गेल

सिन्धुली, २ चैत : प्रदेश नं ३ का आर्थिक मामला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले जल, जमीन र जङ्गल प्रदेशको समृद्धिको आधार रहेको बताउनुभएको छ । सिन्धुलीको कमलामाई नगरपालिका–४ ढुङ्ग्रेबसमा एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढुङ्गेलले भूमिको व्यवस्थापन, पानीको सही सदुपयोग र जङ्गलको व्यवस्थापन र प्रयोग नै समृद्धिको आधार भएको बताउनुभयो ।

कृषिलाई व्यवसायीकरण गर्न प्रदेश सरकारले जमीनमा लगानी गरेको र कृषिमा प्रदेश सरकारले आवश्यक बजेट छुट्याएको बताउँदै अर्थमन्त्री ढुङ्गेलले प्रदेशमा रहेका पर्यटकीय स्थलको विकास गर्न प्रदेश सरकार क्रियाशील छ भन्नुुभयो । विगतको तुलनामा गाउँदेखि शहरसम्म विकासको लहर चलेको र धेरै बजेट गाउँगाउँसम्म पुगेको छ भन्दै उहाँले भन्नुभयो, “गाउँगाउँमा अहिले प्रदेश सरकारले बजेट छुट्याएको छ ।”

उहाँले कृषि, जमीन, जङ्गल, पानी, सडक तथा पर्यटन क्षेत्रको विकास र विस्तारबिना समृद्धि नआउने भएकाले त्यहीअनुरुप प्रदेश सरकारले अभियान बनाएका अभियानमा लाग्न आग्रह गर्दै यसबाट ‘सुखी नेपाली र समृद्ध नेपाल’को लक्ष्यलाई पूरा गर्न सकिने धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.