प्रदेश नं १ को राजधानी तोक्ने विषयमा चार प्रस्ताव दर्ता

विराटनगर, २२ वैशाख : प्रदेश नं १ को राजधानीका तोक्नका लागि आज चार प्रस्ताव दर्ता भएका छन् । प्रदेशसभाको यही वैशाख १५ गते बसेको बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशसभा नियमावली (पहिलो संशोधन), २०७५ नियम ५८ (क) बमोजिम प्रदेशको स्थायी राजधानी तोक्नेसम्बन्धी प्रस्ताव र सोही नियमावलीको नियम ५८(ख) बमोजिम प्रदेशको नामकरणसम्बन्धी प्रस्ताव तर्दा गर्न दिनुभएको निर्देशन दिनुभएको थियो ।

प्रदेशको नामका विषयमा कुनै पनि प्रस्ताव नआए पनि स्थायी राजधानीका लागि नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का तर्फबाट प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारी प्रस्तावक र समर्थक लिलम बस्नेत, विजयकुमार ओझा, सावित्रा रेग्मी र यशोदा अधिकारीले विराटनगर राजधानी हुनुपर्ने प्रस्ताव दर्ता गराउनुभएको छ । विराटनगरकै लागि नेपाली काङ्ग्रेसका तर्फबाट प्रदेशसभा सदस्य केदार कार्की प्रस्तावमा शिवनारायण गनगाँई, विन्दीय कार्की र जयराम यादवले समर्थक जनाउनुभएको छ ।

धनकुटा राजधानीको बनाउन प्रदेशसभा सदस्य लीला सुब्बाको प्रस्तावमा प्रतापप्रकाश हाङ्गाम र रामचन्द्र लिम्बू तथा धनकुटाकै लागि निरन राईको प्रस्तावमा सदस्य इन्द्रमणि पराजुली र सदस्य कुसुमकुमारी श्रेष्ठले समर्थन गर्नुभएको छ ।

प्रदेशसभाको राजधानीका विषयमा आज बसेको सर्वदलीय बैठकमा सत्तापक्षको प्रस्ताव प्रदेश नं १ को राजधानी विराटनगर नै हुने र कार्यपालिक तथा व्यवस्थापिकको संरचना बृहत् विराट विकास क्षेत्रअन्तर्गत विराटनगर, इटहरी र सुन्दर हरैचाको आसपासमा निर्माण हुने विषयमा नेपाली काङ्ग्रेसले असहमति जनाएको थियो । नेपाली काङ्ग्रेसले प्रदेशको राजधानी विराटनगर नै हुनुपर्ने बृहत् विराट विकास क्षेत्र शब्द हटाउनुपर्ने माग राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.