विद्यमान कानूनको अध्ययन गर्न चार उपसमिति गठन

काठमाडौँ, ३ पुस : राष्ट्रियसभाअन्तर्गत विधायन व्यवस्थापन समितिले नेपालको विद्यमान ऐनहरुको अध्ययन गरेर सुझाव प्रस्तुत गर्नका लागि चार वटा विषयगत उपसमिति गठन गरेको छ । 

विद्यायन व्यवस्थापन समितिको सोमबार बसेको बैठकले विषयगत चार उपसमिति गठन गर्ने निर्णय गरेको हो । समितिलाई तीन महीनाभित्र प्रतिवेदन तयार गर्न समय दिएको समितिका सभापति पशुराम मेघी गुरुङले जानकारी दिनुभयो । 

सांसद ठगेन्द्रप्रकाश पुरीको संयोजकत्वमा भूमि प्रशासनसम्बन्धी उपसमिति, सांसद बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा शिक्षासम्बन्धी उपसमिति, वृशेषचन्द्र लालको संयोजकत्वमा यातायातसम्बन्धी उपसमिति र सांसद शेरबहादुर कुँवरको संयोजकत्वमा उपभोक्ता हित संरक्षण उपसमिति रहेको छ । 

ती चार उपसमितिले तीन महीनाभित्र अध्ययन प्रतिवेदन तयार गर्नुपर्नेछ । सो प्रतिवेदन संसद्मा समेत प्रस्तुत गरिने सभापति गुरुङले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.