उपत्यकामा ७९३ सहित थप २००४ जनामा कोरोना सङ्क्रमण, १८४६ सङ्क्रमणमुक्त

काठमाडौं, १७ भदौ : पछिल्लो २४ घण्टामा २ हजार ४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

१४ हजार ६५० जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ६१९ जना र एन्टीजेन विधिबाट ३८५ जनामा सङ्क्रमण पुष्टि भएको हो । हालसम्म पीसीआर विधिबाट ७ लाख ६५ हजार ९१४ जना र एन्टीजेन विधिबाट ८४ हजार २९४ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोभिड–१९ का ७९३ संक्रमित थपिएका छन् ।

काठमाडौंमा ५४१, भक्तपुरमा १०० र ललितपुरमा १५२ संक्रमित थपिएका हुन् ।  हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या आठ हजार ५३४ रहेको छ ।

पछिल्लो २४ घण्टामा १८४६ जना सङ्क्रमणमुक्त भएका छन् । कूल सङ्क्रमितमध्ये ७ लाख २१ हजार १८२ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९४.२ प्रतिशत रहेको छ ।

नेपालमा हाल ३३ हजार ९४६ सक्रिय सङ्क्रमित रहेका छन् । यसमध्ये ३१ हजार ६१९ जना होम आइसोलेसनमा, २ हजार ३२७ जना संस्थागत आइसोलेसनमा, ५४४ जना सघन उपचार कक्षमा र १६६ जना भेन्टिलेटरमा उपचाररत छन् । ३०२ जना क्वारेन्टिनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट थप १६ जनाले ज्यान गुमाएका छन् ।

हालसम्म १० हजार ७८६ जनाको मृत्यु भइसकेको छ । नेपालमा कोभिड–१९ को मृत्यु दर १.५ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.