सार्वजनिक खरीद ऐन संशोधन आवश्यक

काठमाडौँ, ३० वैशाख : प्रतिनिधिसभाको आजको बैठकमा सांसद विष्णु पौडेलले सार्वजनिक खरीद ऐनको संशोधन आवश्यक भएको बताउनुभएको छ । प्रतितिधिसभामा आर्थिक वर्ष २०७६÷०७७ लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) भएको छलफलमा भाग लिँदै सांसद पौडेलले पूँजीगत खर्च हुन नसक्नुमा अहिलेको सार्वजनिक खरीद ऐन बाधक भएको जानकारी दिनुभयो ।

उहाँले जनचहाना र आकङ्क्षा अथाहा भए पनि सरकारले सीमित स्रोत र साधनको अधिकतम् परिचालन गरी सहमति र सहकार्यका आधारमा बजेटको निर्माण गर्नुपर्ने बताउनुभयो । सांसद डा मीनेन्द्र रिजाललले अघिल्लो वर्षको १० महीनाभन्दा यस वर्षको सोही अवधिमा पूँजीगत खर्च कम भएको बताउनुभयो ।

डा रिजालले चालू आर्थिक वर्षमा उत्साहप्रद तरिकाले पूँजीगत खर्च हुन नसकेको, राष्ट्रिय गौरवका आयोजनाका नाममा बजेट केन्द्रिकृत गरी सञ्चारमाध्यमलाई नियन्त्रण गर्न खोजिएको आरोप लगाउनुभयो ।

सांसद विमलप्रसाद श्रीवास्तवले एकले अर्कालाई धारे हात लगाएर विरोध माथि विरोध गर्दैमा मुलुकको आर्थिक विकास असम्भव हुने भएकाले जनप्रतिनिधिले तथ्य र तथ्याङ्कका आधारमा प्रस्तुत हुनुपर्ने बताउनुभयो । सांसद प्रेम सुवालले सरकारले गरीब किसानलाई उठिबास लगाएको, खेतीयोग्य जमीन खण्डीकरणमा प्रोत्साहान दिएको र कृषि ऋणलाई सर्वसुलभरुपमा बितरण नगरेको बताउनुभयो ।

त्यसैगरी सांसद जनार्दन शर्माले समाजवादउन्मुख अर्थतन्त्रलाई दिगो बनाउन सुशासन र पारदर्शीता कायम राख्न कसैसँग सम्झौता गर्न नहुने जानकारी दिनुभयो । उहाँले व्यापारघाटा कम गर्नै एकमात्र विकल्प कृषि क्षेत्रको विकास भएको बताउनुभयो । सांसद उमेश श्रेष्ठले अर्थनीति राम्रो हुन नसकेकै कारण मुलुकको विकास पछि परेको बताउनुभयो ।

उहाँले विकास खर्च हुन नसकेकै कारण व्यापार घाटा बढ्दै गएको बताउनुभयो । सांसद एकवाल मियाँले कर्मचारीको तलब वृद्धिमा सरकारले ध्यान पु¥याउनुपर्ने बताउनुभयो । सांसद सरिता गिरीले सरकारले कृषि ऋणलाई सर्वसुलभ बनाउन नसकेको, वास्तविक किसानले ऋण पाउन नसकेका कारण कृषि कर्म गर्ने युवाको कृषिमा आकर्षण घट्दै गएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal