जनतालाई सेवा दिन दत्तचित्त हुनुुहोस : राष्ट्रपति भण्डारी

राँझा, ५ वैशाख : राष्ट्रपति विद्यादेवी भण्डारीले बाँके र बर्दियाको विकासनिर्माणबारे चासो लिनुभएको छ । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको उद्घाटन गर्न नेपालगञ्ज आउनुभएका राष्ट्रपति भण्डारीले आज ती जिल्लाका जनप्रतिनिधिसँग विकासनिर्माणबारे छलफल गर्नुभएको राष्ट्रपतिका प्रमुख सल्लाहकार भेषराज अधिकारीले जानकारी दिनुभयो ।

राष्ट्रपति भण्डारीले जनप्रतिनिधिलाई जनताको काम सहज रुपमा गर्न आग्रह गर्नुभएको थियो । “नयाँ अनुभव भएकाले काम गर्नमा केही अलमल हुन सक्छ तर जनतालाई सहजरुपमा सेवा दिने कुरामा दत्तचित्त भएर लाग्नुहोस्”, राष्ट्रपतिको भनाइ उद्धृत गर्दै अधिकारीले भन्नुभयो ।

सो अवसरमा प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेल, प्रदेश नं ५ का सङ्घीय सांसद, प्रदेशसभा सदस्य, बाँके र बर्दियाका जिल्ला समन्वय समितिका प्रमुख– उपप्रमुख तथा स्थानीय तहका जनप्रतिनिधिको सहभागिता थियो ।

आज अपराह्न् २ बजे नेपालगञ्ज आउनुभएका राष्ट्रपति भण्डारीले आज साँझ ६ बजे नेपालगञ्ज रङ्गशालामा आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको उद्घाटन गर्दै हुनुहुन्छ । प्रतियोगिताको उद्घाटनपछि राष्ट्रपति भण्डारी आज नेपालगञ्जमै रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.