उच्च अदालतका न्यायाधीश नियुक्ति सदर

काठमाडौँ, २९ चैत : सर्वोच्च अदालतले उच्च अदालतमा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीबाट भएको ८० न्यायाधीशको नियुक्ति सदर गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले उच्च अदालतमा दुई वर्ष अगाडि भएको नियुक्ति कानूनसम्मत भएको उल्लेख गर्दै नियुक्ति सदर गरेको सर्वाेच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिनुभयो ।

तत्कालीन प्रधानन्यायाधीश कार्कीको अध्यक्षतामा २०७३ पुस २८ गते बसेको न्याय परिषद्को बैठकले उच्च अदालतका लागि ८० न्यायाधीश नियुक्तिका लागि सिफारिश गरेको थियो । ती न्यायाधीशले पद तथा गोपनीयताको शपथसमेत लिएर उच्च अदालतको न्यायाधीशका रुपमा काम गरिरहनुभएको छ ।

अधिवक्ता तोयानाथ ढुङ्गानाले सरकारी वकिलका तर्फबाट नायब महान्यायाधिवक्ता दुर्गाबन्धु पोखरेलले २०७३ चैत १५ मा उच्च अदालतका न्यायाधीश नियुक्ति कानूनविपरीत भएको उल्लेख गर्दै रिट निवेदन दिनुभएको थियो । अदालतको नियुक्ति कानूनसम्मत भएको उल्लेख गर्दै न्यायाधीश नियुक्ति बदर गर्न दायर गरिएको रिट निवेदनसमेत खारेज भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal