न्यायका लागि गठित आयोग पुनर्गठन गर्ने तयारी

काठमाडौँ, ३० फागुन : शहीद, बेपत्ता पारिएका व्यक्तिका आफन्तलाई न्याय दिनका लागि गठित दुवै आयोगमा पुनर्गठन गर्ने तयारी गरेको छ । सत्य, निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको पुनर्गठन गर्ने तयारी गरेको हो ।

आज नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा योङ्ग कम्युनिष्ट लिग (वाइसिएल)द्वारा ‘शहीद तथा बेपत्ता परिवार अभिनन्दन’ कार्यक्रममा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद, बेपत्ता पारिएका व्यक्तिलाई न्याय दुवै आयोगको पुनर्गठन तयारी गरिएको जानकारी गराउनुभयो ।

उहाँले प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिपक्ष दलका नेतासमेत बसेर दुवै आयोगको पुनर्गठन गर्नेबारे समझदारीसमेत बनेको बताउनुभयो । दुवै आयोगका पदाधिकारीको म्याद यही चैत मसान्तसम्म रहेको छ ।

विसं २०७१ माघ २७ गते गठन भएका दुवै आयोगले अहिलेसम्म शहीद, बेपत्ता पारिएका व्यक्तिका आफन्तलाई न्याय दिनका काम गरे पनि निष्कर्षमा पु¥याउन सकेका छैनन् । जसले गर्दा शहीद र बेपत्ता पारिएका परिवारको आफन्तका समस्या ज्यूँकात्यूँ छन् ।

“छिट्टै आयोगको पुनर्गठन गर्ने र त्यसका लागि आवश्यकपर्ने सिफारिश कमिटी बनाउन सुझाव दिने र छिटोभन्दा छिटो यो प्रक्रियालाई निष्कर्षमा पु¥याउने हामीबीच छलफल भएको छ”, उहाँले भन्नुभयो, “पुनर्गठनपछि बन्ने आयोगले आफ्नो काम पूरा गरेर शहीद र बेपत्ता परिवारको धेरै समस्या सम्बोधन गर्दछ ।”

उहाँले पीडित परिवारलाई क्षतिपूर्ति वा परिपूर्ति दिने वा सबैका परिवारमध्ये एक जनालाई रोजगार दिने सकिने गरी सकारात्मक तरिकाले काम सम्पन्न गरिने जानकारी गराउनुभयो । उहाँले दुई तिहाइ सरकार भएका बेला नै शहीद र बेपत्ता परिवारको समस्या समाधान गर्ने बताउनुभयो ।

उहाँले शहीद र बेपत्ता भएकाको सम्झनाका लागि कुनै स्थानमा सबै शहीद र बेपत्ताको सालिक राखेर स्मारकसमेत बनाउने छलफल भइरहेकोसमेत बताउनुभयो । जनयुद्ध र शान्ति प्रक्रियाका आफू कमाण्डर भएको पात्र हुनुको नाताले शहीदको सपना पूरा गर्न छुट नभएकोसमेत स्पष्ट पार्नुभयो ।

उहाँले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा जनयुद्ध र जनआन्दोलनमा ज्यान गुमाएकालाई शहीद घोषणा गर्ने निर्णय गरे पनि कर्मचारीतन्त्रका कारण राजपत्रमा प्रकाशित नहुँदा कार्यान्वयनमा समस्या भएको बताउनुभयो ।

पूर्वप्रधानमन्त्री दाहालले एकथरीलाई शहीदलाई सम्मान गर्ने र अहिलेको परिवर्तनको मुख्य कारण माओवादी युद्ध भन्ने स्वीकार गर्न आग्रह गर्नुभयो । उहाँले शहीद र बेपत्ताको योगदान रहेको छ भन्ने कुरामा कसैको पनि दुई मत नरहेको स्पष्ट पार्नुभयो ।

“एकथरी मानिसलाई अहिले पनि शहीदप्रति सम्मान गर्ने कुरा र यो परिवर्तनको मुख्य कारण माओवादी आन्दोलन हो भन्ने कुरा स्वीकार्न मन छैन”, उहाँले भन्नुभयो, “यदि संविधान र अहिलेको परिवर्तनलाई संस्थागत गर्ने कुरामा हामीले इतिहासका योगदानलाई अवमूल्यन गर्ने इतिहासको बलिदानको महत्वलाई स्थापित गर्न कञ्जुस्याइँ गर्न पूर्वाग्राह राख्यो भने संस्थागत हुन गाह्रो पार्ने मात्र होइन देश नै अर्को भुमरीमा फस्ने सम्भावना हुन्छ ।”

देशमा अर्को राजनीतिक अराजकता हुन नपाओस् भन्नाका लागि अहिलेको परिवर्तनमा जसले जति त्याग र तपस्या गरे तिनलाई सम्मानित गर्नु र स्थापित गर्नु आजको आवश्यक रहेको उहाँको भनाइ थियो । उहाँले अहिले शहीदका सबै सपना पूरा नभए पनि निराश हुनुपर्ने अवस्था भने नभएको बताउनुभयो ।

उहाँले संविधानले सबै, महिला, उत्पडित, जनजातिको अधिकार सुनिश्चित गरिसकेकाले पुनःमुलुकमा द्वन्द्व आयश्यक नभएको बताउनुभयो । मुलुक समाजवादतर्फको यात्रामा जाने क्रममा रहेकोसमेत उहाँले बताउनुभयो ।

नेकपाका स्थायी कमिटी सदस्य योगेश भट्टराईले सरकारले जनयुद्ध र जनआन्दोलनका ज्यान गुमाएका सबैलाई शहीद घोषणा गर्नुपर्ने बताउनुभयो । “जनयुद्ध र जनआन्दोलनमा ज्यान गुमाएका सुरक्षाकर्मीलाई शहीद घोषणा गरिएको छ”, उहाँले भन्नुभयो, “तर मुलुक परिवर्तन गर्नका लागि लडेकालाई शहीद घोषणा गरिएको छैन । अहिले हाम्रो सरकारले जनताका छोराछोरीलाई शहीद घोषणा गर्नुपर्दछ ।”

उहाँले जनयुद्ध र जनआन्दोलनका क्रममा शहीद, बेपत्ता र घाइते भएकाको समस्या पार्टीले सम्बोधन गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा शहीद परिवारका तर्फबाट भीमबहादुर बस्नेतले जनयुद्धमा ज्यान गुमाएका सबैलाई शहीद घोषणा गर्नुपर्ने बताउनुभयो ।

उक्त कार्यक्रममा अध्यक्ष दाहालले शहीद र बेपत्ता परिवारलाई अभिनन्दन गर्नुभएको थियो । कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्य मणि थापा, प्रदेश नंं ३ अध्यक्ष नारायण दाहालसमेतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal