५९ हजार सात कर्मचारीको समायोजन

काठमाडौँ, ३० फागुन : सरकारले समायोजन रोजेका ५९ हजार सात कर्मचारीलाई समायोजन गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका समायोजन महाशाखा प्रमुख केदार पनेरुले अहिलेसम्म ५९ हजार सात कर्मचारीलाई समायोजन गरिएको जानकारी गराउनुभयो । उहाँका अनुसार सङ्घमा ३८ हजार ५०९, प्रदेशमा नौ हजार ५६२ र स्थानीय तहमा नौ हजार ४५९ कर्मचारी र फाजिलमा एक हजार ४०७ कर्मचारीलाई समायोजन गरिएको छ ।

समायोजन रोजेका ७७ हजार कर्मचारीमध्ये अब करीब १८ हजार कर्मचारी समायोजन गर्न बाँकी रहेका छन् । उहाँले स्वास्थ्य सेवा समूह, इञ्जिनीयर, वन समूहका कर्मचारी मात्र समायोजन गर्न बाँकी रहेको जानकारी गराउनुभयो ।

यसैगरी समायोजनमा सेवा समूह नमिलेका करीब एक हजार ३०० कर्मचारीलाई मिल्दो समूहमा समायोजन गर्नेसमेत उहाँले बताउनुभयो । सरकारले सङ्घमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ कर्मचारी समायोजन गर्दैछ । मन्त्रालयले ५६ सचिव र ६७६ सहसचिवमध्ये सङ्घमा ५७४ र प्रदेशमा १०२ समायोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal