प्रम ओलीबाट भिक्षु अश्वघोषको स्वास्थ्यावस्था जानकारी

काठमाडौँ, २९ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले थेरवाद बुद्धधर्मका भिक्षु महासङ्घका सङ्घनायक भिक्षु अश्वघोष महास्थवीरको स्वास्थ्यावस्थाबारे आज जानकारी लिनुभएको छ ।

ग्राण्डी अस्पताल टोखामा उपचाररत ९३ वर्षीय पूर्व सांसद अश्वघोषको स्वास्थ अवस्था बुझन् प्रधानमन्त्री ओलीका साथमा धर्मपत्नी राधिका, सांसद कृष्णगोपाल श्रेष्ठ र विना श्रेष्ठ, कामपा प्रमुख विद्यासृुन्दरलगायत जानुभएको अखिल नेपाल भिक्षु महासङ्का महासचिव भिक्षु कौण्डिन्यले जानकारी दिनुभयो ।

नेपालका लागि श्रीलङ्काका राजदूत डब्ल्यू स्वर्ण परेराले पनि आजै भिक्षु अश्वघोषको स्वास्थ्यवस्थाबारे जानकारी लिनुभयो । उहाँको शीघ्र स्वास्थलाभको कामना गर्दै भिक्षु र अनगारिका गुरुमाहरुले परित्राण पाठ गर्नुभएको थियो ।

त्रियानब्बे वर्षीय अश्वघोष मिर्गौला, रक्तचाप, मुटु, कलेजो, पिसाब, निमोनियालगायत समस्याबाट पीडित भई पहिले जमलस्थित ग्राण्डीसिटी हस्पिटल र अहिले ग्राण्डी हस्पिटलमा उपचाररत हुनुहुन्छ ।

करीब आठ दशकदेखि बुद्धदर्शन र साहित्यको प्रवद्र्धनमा लाग्नुभएका भिक्षु अश्वघोषले करीब १५० कृति रचना गर्नुभएको र हाल अखिल भिक्षु महासङ्घको सल्लाहकारसमेत रहनुभएको भिक्षु तपस्सीधम्मले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal