राजदूत आचार्यद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ, २९ फागुन : भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले आज अपराह्न त्यहाँका राष्ट्रपति रामनाथ कोविन्दसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ ।

नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राजदूत आचार्यले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको हो ।

ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि आपूmसँग भएको शिष्टाचार भेटमा भारतका राष्ट्रपतिले शताब्दीऔं पुरानो नेपाल–भारत र दुई देशका जनताबीचको सम्बन्धको चर्चा गर्नुभएको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ । उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली जनताप्रति शुभेच्छा प्रकट गनुृभएको थियो ।

त्यसअघि राजदूत आचार्यले राष्ट्रपति भण्डारी, प्रधानमन्त्री ओली र नेपाली जनताका तर्फबाट राष्ट्रपति कोविन्दको व्यक्तिगत सुख, सुवास्थ्यका साथै भारतका जनताको निरन्तर प्रगतिको कामना गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal