प्रतिनिधिसभाको बैठक पाठक र पशुपति

काठमाडौँ, ६ फागुन : प्रतिनिधिसभा आजको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक आयुक्तको भ्रष्टाचार र एक लोकगायकको ‘लुट्न सके लुट’ बोलको गीतले चर्चा पाएको छ ।

भ्रष्टाचारमा मुछिएका आयुक्त राजनारायण पाठकले पदबाट राजीनामा गरेका सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन माग गर्नुभयो । उहाँहरुले संवैधानिक पदमा रहेर भ्रष्टाचार गर्ने व्यक्तिले पदबाट राजीनामा दिँदैमा छुट पाउन नहुनेमा पनि जोड दिनुुुुभयो ।

सांसद अमृता थापा र गणेश पहाडीले दोषी देखिए पाठकलाई कारवाही हुनुपर्ने माग गर्नुभयो ।

सांसद अमरेशकुमार सिंहले गायक शर्माको हालै सार्वजनिक गीतलाई रोक लगाइएको भन्ने सूचना सही हो भने त्यसले लोकतान्त्रिक अधिकार हनन हुने टिप्पणी गर्नुभयो । सांसद झपटबहादुर रावलले गायक शर्माको गीतमा सरकारले कुनै पनि प्रतिबन्ध जिकिर गर्नुभयो ।

सांसद उमाशङ्कर अर्गरियाले ठेकेदारले बाटो निर्माणमा गरेको ढिलाइले नागरिकको स्वास्थ्यमा असर परेकोे भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद घनश्याम खतिवडाले मोरङमा ठेकेदारले बाटो निर्माणमा गरेको ढिलासुस्ती र कमसल निर्माणले जनताले दुःख पाएको भन्दै त्यस्ता ठेकेदारमाथि कडा कारवाही गर्न माग भयो ।

बैठकमा सांसद अमनलाल मोदीले किसानलाई सहज र सुलभरुपमा मलको व्यवस्था गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद आशाकुमारी विकले हालै बझाङमा भएका सवारी दुर्घटनामा मृत्यु भएकालाई क्षतिपूर्ति र घाइतेको उपचारमा प्रभावकारी काम गर्न सरकारले आवश्यक कदम चाल्नुपर्ने बताउनुभयो ।

सांसद इन्दुकुमारी शर्माले बर्दिबासको रातुखोलामा मापदण्डविपरीत ढुङ्गा, गिटी, बालुवाको दोहन बढेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद उमा रेग्मीले मालपोत कार्यालयको अनलाइन प्रणाली अस्तव्ययस्त भएको र एक व्यक्तिको नाम अर्काे व्यक्तिका नाममा दर्ता हुने समस्या भएको भन्दै तुरुन्त यसमा आवश्यक सुधार गर्न माग गर्नुभयो ।

सांसद कलिला खातुनले मुसलमान विद्यार्थीको छात्रवृत्ति काटिएको छ भन्दै तत्काल उचित व्यवस्था गर्न माग गर्नुभयो भने सांसद कृष्णप्रसाद दाहालले काठमाडौँमा भएको प्रदूषणले वाग्मती नदी भएर बग्ने अन्य जिल्लामा समेत असर परिरहेको र नदीमा जलचर प्राणीको विनाश भएको छ भन्दै आवश्यक सुधारका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।

सांसद गणेशसिंह ठगुन्नाले दार्चुलामा भारतको स्वीकृति नभएर केही स्थानमा झोलुङ्गे पुल निर्माण हुन नसक्दा जनताले दुःख पाएको भन्दै यस सम्बन्धमा सरकारले पहल गर्न माग गर्र्नुभयो । सांसद गोपालबहादुर बमले संसद्को शून्य समयको सुनुवाइ पनि शून्य भएको छ भन्दै यसको सुनुवाइ प्रभावकारी बनाउनुपर्ने माग गर्नुभयो । सांसद गङ्गा चौधरीले महिलाको महिनावारी हुनु प्राकृतिक विषय हो भन्दै यसमा रहेको कुप्रथालाई नियन्त्रण गर्न तीनै तहको सरकारले महाअभियानका रुपमा लैजानुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.