शताब्दी पुरुष जोशीको जन्म शतवार्षिकी विशेष रुपमा मनाइने

काठमाडौँ, २५ माघ : वाङ्मय शताव्दी पुरुष सत्यमोहन जोशीको शतवार्षिकी भव्यताका साथ मनाइने भएको छ ।

संस्कृतिविद् जोशीको सयौँ वार्षिकोत्सव मनाउन गठित समितिको पहिलो बैठक आज ललितपुरमा सम्पन्न भएको छ । वाङ्मय शतादी पुरुष जोशी २०७६ साल वैशाख ३० गते ९९ वर्ष पूरा भई १०० वर्षमा प्रवेश गर्नु हुनेछ ।

ललितपुर महानगरपालिकाको दोस्रो नगरसभाले शताब्दी पुरुष जोशीको शतवार्षिकी मनाउन महानगरका प्रमुख चिरीबाबु महर्जनको संयोजकत्वमा १११ सदस्यीय समिति गठन गरेको छ । समितिमा राष्ट्रियसभाका सांसद, प्रतिनिधिसभाका सांसद, छिमेकी नगरपालिकाका प्रमुखलगायत सदस्य हुनुहुन्छ ।

महानगरपालिका–३ का अध्यक्ष श्रीगोपाल महर्जनको संयोजकत्वमा १५ सदस्यीय सचिवालयसमेत गठन गरिएको छ । महानगरले जोशीको १०० औँ जन्मोत्सवलाई वर्षभर विभिन्न कार्यक्रम आयोजना गरी मनाउने जनाएको छ ।

यस अवसरमा महानगरले नेपाल राष्ट्र बैकसँग अनुमति लिएर स्वर्ण मुद्रा प्रकाशन गर्ने, हुलाक टिकट प्रकाशन गर्ने, सत्यमोहन जोशी पार्क निर्माण गर्ने र महानगरपालिकासँग जोडिने कुनै एक सडकको नाम सत्यमोहन जोशी मार्ग नामाकरण गर्नेलगायतका कार्यक्रम तय गरेको छ ।

बैठकलाई सम्बोधन गर्नुहँुदै प्रमुख महर्जनले इतिहास बोकेको र नेपाललाई महत्वपूर्ण योगदान दिएको व्यक्तिलाई जीवितै रहँदा सम्मान गर्न महानगरले विभिन्न योजना बनाएको वताउनुभयो ।

“कला, संस्कृति संरक्षणमा उहाँको महत्वपूर्ण योगदान छ । उहाँको सम्मान जीवन कालमा नै गर्न सक्यो भने त्यसको महसुस उहाँले गर्न सक्नुहुन्छ भन्ने हो”, प्रमुख महर्जनले भन्नुभयो ।

उपप्रमुख गीता सत्यालले समाज र राष्ट्रलाई महत्वपूर्ण योगदान दिनुभएका व्यक्तिको जन्म शतवार्षिकी समारोह भव्यताका साथ मनाएर सम्मान गर्न पाउनु महानगरकै गर्वको विषय भएको बताउनुभयो । जोशीले मूर्त तथा अमूर्त सम्पदाको संरक्षण गर्दैै कला संस्कृतिको पहिचान विदेशसम्म पु¥याउन सफल हुनुभएको उहाँले सुनाउनुभयो ।

यस अवसरमा वर्षभरि नै सांस्कृतिक महोत्सव, खेलकूद, कला प्रदर्शनी विभिन्न प्रतियोगिता आयोजना गर्ने तयारीसमेत महानगरले गरेको छ । जोशीको नाममा प्रतिष्ठान स्थापना गर्न जग्गाको खोजीसमेत भइरहेको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले यसअघि नै नगरसभाबाट निर्णय गरी जोशीलाई सवारी साधान, सुरक्षा गार्ड र मोबाइल फोनको सेवा उपलब्ध गराइरहेको छ ।

जोशीका नाममा सडक र पार्क

ललितपुर महानगरपालिकाले संस्कृतिविद् सत्यमोहन जोशीको शत्वार्षिकीका अवसरमा उहाँको नाममा पार्क निर्माण र कुनै एक सडकको नाम ‘सत्यमोहन जोशी मार्ग’ नामकरण गर्ने निर्णय गरेको छ ।

संस्कृतिविद् जोशीको शत्वार्षिकी मनाउन महानगरको वडा नं ३ का अध्यक्ष श्रीगोपाल महर्जनको अध्यक्षतामा बसेको समितिले हुलाक टिकट र स्वर्ण मुद्रा छपाइका लागि नेपाल राष्ट्र बैंकसँग कुराकानी गर्ने योजना बनाएको छ ।

महानगरपालिकाका नगरप्रमुख चिरीबाबु महर्जनले कुनै पनि क्षेत्रमा विशिष्ट योगदान पु¥याएका व्यक्तिलाई जीवित छँदै सम्मान गर्दा व्यक्ति स्वयम्ले महसुस गर्न पाउने बताउनुभयो । जोशीले महानगर मात्रै नभएर देशको कला र संस्कृतिको संरक्षणमा पु¥याउनुभएको योगदान अतुलनीय रहेको उहाँले औँलाउनुभयो । उहाँले भन्नुभयो, “यो उमेरसम्म पनि उहाँले निरन्तर देश र देशवासीका लागि गर्नुभएको योगदानको हामीले सम्मान गर्नैपर्छ ।” महानगरपालिकाका उपप्रमुख गीता सत्यालले जोशी जस्ता विशिष्ट व्यक्तिलाई सम्मान गर्न पाउनु महानगरपालिकाका लागि गर्वको विषय भएको बताउनुभयो । जोशीले मूर्त र अमूर्त संस्कृतिको संरक्षणमा पु¥याउनुभएको योगदानको उहाँले चर्चा गर्नुभयो ।

संस्कृतिविद् जोशीको आगामी वैशाख ३० गते ९९ वर्ष पूरा भई १०० वर्षमा प्रवेश गर्दै हुनुहुन्छ । ललितपुर महानगरपालिकाको दोस्रो नगरसभाले शताब्दी पुरुष जोशीको शत्वार्षिकी मनाउन १११ सदस्यीय समिति गठन गरेको थियो । महानगरले संस्कृतिविद् जोशीको सयौँं जन्मोत्सवलाई वर्षभरि नै विभिन्न कार्यक्रम आयोजना गरेर मनाउने तयारी गरेको छ । महानगरपालिकाले गत वर्ष उहाँलाई सवारीसाधन, मोबाइल फोन, सुरक्षा गार्ड लगायतको सेवा उपलब्ध गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal