विश्व खुशियाली सम्मेलनमा भाग लिन मन्त्री पण्डित दुबई

काठमाडौँ, २५ माघ : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित ‘विश्व खुशियाली सम्मेलन’मा भाग लिन आज संयुक्त अरब इमिरेटको राजधानी दुबई जानुभएको छ ।

आइतबारदेखि हुने सम्मेलनमा भाग लिन आज त्यसतर्फ जानुभएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभयो । सम्मेलनमा मन्त्री पण्डितले नेपालमा मानव विकासको अवस्था, लगानीमैत्री वातावरणको स्थिति, नेपालको प्रतिव्यक्ति आय बढेको र शान्तिपूर्ण वातावरण तयार भएर स्थिर सरकारसमेत बनेको अवस्थामा नेपालीमा खुशियाली प्रवद्र्धन भइरहेको बारेमा सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँले जानकारी गराउनुभयो ।

सम्मेलनमा विश्वका १२१ देशका सरकार प्रमुख र मन्त्रीको सहभागिता रहने छ । मन्त्री पण्डित आगामी फागुन एक गते स्वदेश फर्कनु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal