अन्तरसम्बन्धलाई प्रभावकारी बनाउन समायोजन शुरु

काठमाडौँ, २५ माघ : सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकले ‘कर्मचारी समायोजन विधेयक, २०७५’ सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीका तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले प्रस्तुत गरेको प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत भएको हो ।

सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारीको समायोजन गर्न सदनमा पेश भएको सो विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सत्तापक्षका सांसदले राजनीति सङ्क्रमणको अन्त्य नभएसम्म कर्मचारीको व्यवस्थापन केन्द्र सरकारकै मातहतमा सञ्चालन हुनुपर्ने बताउनुभयो ।

छलफलमा प्रतिपक्षी दलका सांसदले सदनमा प्रस्तुत विधेयकले कर्मचारीको खटनपटनलाई सङ्घबाट सञ्चालन गर्नु विकेन्द्रीकरणको विरुद्ध भएको आरोप लगाउनुभयो । सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुँदै–मन्त्री अधिकारीले तीन तहबीचको अन्तरसम्बन्धलाई प्रभावकारी बनाउन सङ्घबाट कर्मचारी समायोजन गर्नुपरेको जानकारी दिनुभयो ।

उहाँहरुले ७७ हजार ३४ कर्मचारीले समायोजनमा जान रोजेको जानकारी दिँदै राजनीतिक सङ्क्रमणको अन्त्यपछि कर्मचारीको आवश्यकता, नियुक्ति तथा खटनपटन गर्न पाउने अधिकार प्रदेश तथा स्थानीय सरकारले ऐन बनाई कार्यान्वयन गर्न सक्ने बताउनुभयो ।

विधेयकमाथिको सैद्धान्तिक छलफलमा प्र्रेम सुवाल, रेखा शर्मा, कृष्णभक्त पोखरेल, महेश्वरजङ्ग गहतराज, सरिता गिरी, सञ्जयकुमार गौतम, दिलेन्द्रप्रसाद बडू, भरतकुमार शाह, गजेन्द्रबहादुर महत, खगराज अधिकारी, यशोदा सुवेदीलगायतले भाग लिनुभएको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक माघ २९ गते अपराह्न १२ बजे बस्नेछ ।

दुई विधेयक प्रमाणीकरण

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक, २०७५’ आज प्रमाणीकरण गर्नुभएको छ ।

सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि भएका ती विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal